दफा ३१
समय तथा लागतप्रभावी
: किसिमबाट गर्नु पर्नेः
(१) कार्यालय वा दफा ७ बमोजिमका सरकारी निकाय वा सार्वजनिक संस्थाले तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरण गर्दा वा गराउँदा समय तथा लागतप्रभावी किसिमबाट गर्नु पर्नेछ।
(२) एकीकृत सूचना प्रणाली र विद्युतीय उपकरणको प्रयोग गरी उपलब्ध भएसम्म प्रशासनिक अभिलेख, नवीनतम स्रोत तथा अन्य प्रकाशित स्रोतबाट प्राप्त तथ्याङ्कको उपयोगलाई प्राथमिकता दिनु पर्नेछ।